आधारभूत पानीको सुनिश्चितता सरकारले गर्छ: खानेपानी मन्त्री मगर

भक्तपुर: खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सरकारले आधारभूत पानीको सुनिश्चितता गर्न लागिपरेको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ मा सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण सुरु गरेको ३ लाख लिटर क्षमताको नयाँ पानी ट्यांकीको शिलान्यास गर्दै मन्त्री मगरले सरकारले आधारभूत पानीको सुनिश्चितता सरकारले गर्ने बताउनुभयो ।

मन्त्री मगरले भन्नुभयो,‘सरकार २०३० सम्म देशभरका जनतालाई प्रशोधित शुद्ध पानी पुर्‍याउने लक्ष्यका साथ अगाडि बढेको छ, अहिले देशमा २० प्रतिशत जनताले मात्रै शुद्ध पानी पिइरहेका छन्, सरकारले आधारभूत पानीको सुनिश्चितता अब गर्छ ।’ सरकारले खानेपानीमा लगानी गरेको तीन वर्षमा सक्नुपर्ने आयोजनाहरु ५ वर्षमा पनि नसकिने र राज्यले पर्याप्त बजेट दिन नसक्दा कयौ आयोजनाहरु अलपत्र अबस्थामा रहनु बिडम्बना भएको बताउनुभयो ।

उपभोक्ता समितिले स्थानीयहरुको लगानी रहेको सिपाडोल बचत तथा ऋण सहकारी संस्था र सूर्य विनायक नगरपालिकाको संयुक्त लगानीमा पानी ट्याङ्की निर्माण गर्न लागेको हो । खानेपानी आयोजनामा सहकारीको लगानी रहेकोले यो नै अबको नयाँ मोडालिटी हुने समितिको भनाइ छ । उक्त ट्याङ्कीको कूल लागत ६५ लाख रहने समितिले जनाएको छ । पानी ट्याङ्की निर्माण सम्पन्न भैसके पछि करिब १५ हजार जनसंख्या खानेपानीबाट लाभान्वित हुनेछन् ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १७:२८