बाबुको नाममा लाइसेन्सको ट्रायल परीक्षा दिने छोरा पक्राउ

वीरगञ्ज: मोटरसाइकल चलाउने लाइसेन्स का लागि बाबुको नाममा ट्रायल परीक्षा दिने वीरगञ्जमहानगरपालिका वडानम्बर १० आदर्शनगर बस्ने राजकुमार रुंगटाका छोरा २१ वर्षीय अरपित रुंगटालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रले सोमबार क्याटोगोरी ‘ए’ अन्र्तगत मोटरसाइकलको सवारी चालक अनुमति पत्रका लागि आइडी नं ७४८८१४४ का राजकुमारको सट्टामा ट्रायल दिँदै गरेको अवस्थामा छोरा अरपितलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।

बुवाको साटो ट्रायल परीक्षामा सहभागी भएका कारण अरपितलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

अरपितलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ । उनलाई सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

 


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार १४:४७