ग्लोबल गोरखा समाजले वितरण गर्‍यो ४० थान अक्सिजन कन्सनट्रेटर

गोरखा । ग्लोबल गारखा समाजले गोरखाका विभिन्न स्थानीय तहहरुका ४० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । सोमबार गोरखामा आयोजित एक औपचारिक कार्यक्रमका बीच ती अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारसहितको टोलीले ती अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्नु भएको हो । 

विश्वभरि रहेका गोरखाबासी नेपालीहरुबाट रकम संकलन गरि समाजले केहि दिन अघि चीनबाट ती अक्सिजन कन्सनट्रेटर  खरिद गरि ल्याएको थियो ।

कार्यक्रमका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, नेकपा एमालेका कमल दानी, नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, नयाँ शक्ति पार्टीका जिल्ला सचिव बिपिनचन्द्र ढकाल, ग्लोबल गोरखा समाजका नेपाल मोहन भट्टराई, ग्लोबल गोरखा समाजका नेपाल संयोजक बिनोद पोखरेल र जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

ग्लोबल गोरखा समाजले १ लाख बराबरको लागत पर्न आउने र २ जना बिरामीको लागी प्रत्यक्ष प्रयोग गर्न सकिने कुल ६६ स्वास्थ्य चौकी र अस्पतालहरुमा कम्तिमा १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरिरहेको छ ।

 


प्रकाशित | ८ असार २०७८, मंगलवार २१:०७