फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा विश्वव्यापी समस्या

एजेन्सी: फेसबुक इन्स्टाग्राम र ह्वाट्सएममा विश्वभर समस्या आएको छ। फेसबुक र फोटो शेयरिङ सामाजिक सञ्जाल इन्स्टाग्रामको न्युज फिडमा समस्या देखिएको हो। त्यस्तै ह्वाट्सएपमा म्यासेस पठाउनमा समस्या भएको छ। फेसबुकमा समस्या देखिएपछि विश्वभरबाट युजरहरूले गुनासो गरेका छन्। ट्राफिक मोनिटरिङ वेबसाइट डाउन डिडेक्टरका अनुसार बिहान ६ :२८ इडिटीमा फेसबुक डाउन भएको हो। फेसबुकमा यसअघि पनि यस्तै समस्य देखिएको थियो। लगातार आठ घण्टाको प्रयासपछि फेसबुकले उक्त समस्या समाधान गरेको थियो। उक्त घटनाको एक महिना नबित्दै फेरि यस्तै समस्या देखिएको हो। नेपालमा पनि आइतबार दिउँसो साढे २ बजेतिरदेखि यो समस्या देखिएको छ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १८:११