दुई अध्यक्षबीच भएको सहमतिलाई अतिरञ्जित बनाउन खोजीयो: प्रचण्ड

मोरङ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बेला दुई अध्यक्षबीच भएको सहमतीलाई अतिरञ्जित बनाउन खोजीएको भन्दै आपत्ति जनाउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच भएको सहमतीलाई लिएर अनावश्यक रुपमा नउचाल्न आग्रह समेत गर्नुभयो ।

पार्टी एकीकरण इमान्दारीका साथ कार्यान्वयन गरिने दावी गर्दै उहाँले भारतमा विदेशमन्त्री परिवर्तनले नेपाल भारत सम्बन्धमा कुनै तात्विक असर नपर्ने भनाइ राख्नुभयो । अध्यक्ष प्रचण्डले यही जेठ २० गते बस्ने सचिवालय बैठकले पार्टी एकीकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गरिे समेत बताउनुभयो ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १५:११