सरकारको मुख्य प्राथमिकतामा रेलमार्ग

काठमाडौं : रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ । चालू आवमा साढे ४ अर्ब बजेट पाउको रेल मार्गले आगामी वर्षको लागि ३ अर्ब २० करोड रुपैयाँ बढी अर्थात कुल ७ अर्ब ७० करोड रुपैयाँ बजेट पाएको हो ।

आर्थिक वर्ष २०७६/७७ को बजेट गत बुधबार संसद्मा पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखी बजेट छुट्याएका हुन् । आगामी आर्थिक वर्षका लागि छुट्याइएको सो बजेट रेलमार्गको बजेट अधिलगायतको काममा खर्च हुने बजेटमा उल्लेख गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा कमला अर्यालले लेखेकी छिन् ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १०:३२