कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार: अल मुल्ला एक्सचेन्जका ८५ वटा शाखाबाट रकम पठाउन सकिने

काठमाडौं : कुवेतमा मेगा बैंक नेपालले ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ । ‘मेगा रेमिट’ सेवालाई संसारका विभिन्न देशहरूमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको हो । मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो ।

अल मुल्ला एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरूलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास रहेको जनाएको छ । अल मुल्ला एक्सचेन्जका ८५ वटा शाखाबाट नेपालीहरूले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन् ।

यसका साथै, अलमुल्लाको मोबाइल एपमार्फत पनि नेपालीहरूले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ । नेपालीहरूले कुवेतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सयभन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ०९:१२