लक्ष्मी बैंक र महालक्ष्मी लाइफबीच सम्झौता

काठमाडौं: लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । । सम्झौतामा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार लक्ष्मी बैंक लिमिटेडले देशभर रहेका आफ्ना १ सय ६ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बिमा योजनाहरू बिक्री गर्नेछ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल साबधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरीपूर्व मेचीदेखि पश्चिम महाकालीसम्म २७ वटा शाखा तथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको जनाएको छ ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार १०:२१