जाभी अब कतारी क्लबकाे प्रशिक्षक

एजेन्सी:  स्पेनका पूर्व मिडफिल्डर जाभी हर्नान्डेज प्रशिक्षक बनेका छन् । बार्सिलोनाका लिजेण्ड जाभी कतारी क्लब अल सद्द स्पोर्ट्स क्लबका प्रशिक्षक बनेका हुन् । जाभीलाई मंगलबार क्लबले प्रशिक्षक नियुक्त गरेको हो । बार्सिलोना छाडेपछि अल सद्दबाटै खेल्दै आएका जाभीलाई क्लबले आगामी सिजनको लागि प्रशिक्षक नियुक्त गरेको हो ।’आगामी सिजन जाभीले प्रशिक्षकको रुपमा सुरुवात गर्ने छन् ।’ क्लबले सामाजिक संजाल फेसबुकमा लेखेको छ । लामो सिजन बार्सिलोनामा बिताएका जाभी सन् २०१५ मा कतारी क्लब अल सद्दमा अनुबन्धित भएका थिए ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार २०:३६