‘वीर विक्रम २’ हेर्न दर्शकको भीड

काठमाडौं : चलचित्र ‘वीर विक्रम २’ ले राम्रो ब्यापार गर्न सफल भएको छ । शनिबार सो फिल्म हेर्न दर्शकको निकै भीड लाग्यो । शुक्रवारको तुलनामा शनिवार आशालाग्दो व्यापार भएको निर्माण पक्षले जनाएको छ । मिलन चाम्सले निर्देशन गरेको यो फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्धि तामाङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । लभस्टोरी मन पराउने दर्शकले यो फिल्म राम्रै लागेको प्रतिक्रिया दिएका छन् । प्रदीप भारद्वाजले स्किृप्ट लेखेका हुन ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ११:१३