आज पनि मेघगर्जन र हुरीबतासहित पानी पर्ने सम्भावना

काठमाण्डौ: आज पनि उपत्यकासहित मध्य र पूर्वको मौसम आशिंकदेखि सामान्य बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना छ । अन्य ठाउँको मौसम पनि आशिंक बदली हुनेछ । शनिबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले एक दुई दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ ।

जेठ १७ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भागहरुमा आंशिक देखि सामान्य बदलि, पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू-भागमाहरुमा आंशिक देखि सामान्य बदलि, मध्य तराईका भु-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार ०८:५९