बामपन्थी एकताका लागि सदैव तयार छौ : झलनाथ खनाल

काठमाडौं:  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

पार्टीको केन्द्रीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले आफूहरु बामपन्थी एकताका लागि सदैव तयार रहेको बताउनु भएको हो ।उहाँले विचार नमिल्नेसँग अहिले तत्कालै कसैसँग पनि एकता नगर्ने पनि बताउनुभयो ।

‘अब बामपन्थी एकताको कुरा छ । हाम्रो पार्टी पहिलैदेखि बामपन्थी एकताको पक्षमा छ । तर अब बामपन्थी एकता टाउको जोडेर हुने कुरा होइन । त्यो नीतिनिष्ठ एकता हो । त्यो निष्ठाको एकता हो । कार्यगत एकता गर्न जोसुकै बामपन्थीहरुसँग तयारै छौं । बामपन्थी एकता एउटा सपना जस्तो भएको छ । तर पनि हामी बाम एकताकै पक्षमा छौं’, खनालले भन्नुभयो, ‘अहिलेका कुनै पनि कम्युनिष्टसँग हाम्रो विचार, सिद्धान्त नमिलीकन एकता गर्दैनौं ।’


प्रकाशित | १७ पुष २०७९, आईतवार १९:५१