सुनको मूल्य बढ्यो, तोलाको ९३ हजार १ सयमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६५० निर्धारण गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।


प्रकाशित | १ पुष २०७७, बुधबार ११:४४