१ सय ९७ वटा म्यानपावर खारेजी

काठमाण्डौ : नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने १ सय ९७ म्यानपावर खारेजीमा परेका छन् । वैदेशिक रोजगार विभागका अनुसार नियम विपरित काम गर्ने १ सय ९७ वटा म्यानपावरलाई खारेजी गरिएको हो । विभागले वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा म्यानपावर खारेज गर्ने गरेको छ । विभागले खारेज गरेपछि म्यानपावरले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै काम गर्न पाउँदैन । अहिले विभागमा १४ सय ३७ वटा म्यानपावर दर्ता छन् ।

एक वर्षमा सय जना पनि कामदार नपठाउने म्यानपावर पनि खारेज हुने विभागमा दर्ता भएका १४ सय ३७ मध्ये अहिले ११ सय ८५ वटा म्यानपावर मात्रै सञ्चालनमा छन् । ५५ वटा म्यानपावर सञ्चालनमा नरहेको विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका म्यानपावरमध्ये एक वर्षमा एक सय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर पनि खारेज हुने प्रावधान छ ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १८:१९