सूर्यविनायकमा बासुदेव थापालाई समर्थन गर्दै मोहन प्रसाद रेग्मीले लिए उम्मेदवारी फीर्ता

भक्तपुर :  सूर्यविनायक नगरपालिका मेयरमा उम्मेदवारी दिनु भएको मोहन प्रसाद रेग्मीले आफ्नो उम्मेदवारी फीर्ता लिनु भएको छ । रेग्मीले एमालेका तर्फबाट मेयरका उम्मेदवार बासुदेव थापालाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फीर्ता लिनु भएको हो ।

उम्मेदवारी फीर्ता लिएसँगै संचारकर्मीसँग कुराकानी गर्नुहुँदै रेग्मीले बासुदेव थापा असल, इमानदार र नगरको विकासका लागि आवश्यक ब्यक्तीत्व भएको भन्दै आफुले समर्थन गरेको र जिताउन लागिपर्ने बताउनु भयो ।

उहाँले नगरबासी सबैमा बासुदेव थापा नेतृत्वलाई मत दिएर जिताउन आग्रह गर्दै हल्लाको पछि नलाग्न पनि अपिल गर्नु भयो । बौद्धिक ब्यक्तीत्वका रुपमा चिनिनु हुने रेग्मी बालकोट बासी हुनुहुन्छ ।


प्रकाशित | १७ बैशाख २०७९, शनिबार २१:४२