सूर्यविनायक नगरपालिकाद्धारा सञ्चालीत मेलमिलाप सम्बन्धी ४८ घन्टे आधारभूत तालिम सम्पन्न, मेयर थापाद्धारा प्रमाणपत्र वितरण (तस्विरहरु)

भक्तपुर :  सूर्यविनायक नगरपालिकाले मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न गरेको छ । नगरपालिकाको न्यायीक समितिको आयोजनामा सञ्चालन गरिएको ८ दिन अर्थात ४८ घन्टे आधारभूत तालिम सम्पन्न गरिएको हो ।

नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बिहीबार तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा नगर प्रमुख थापाले तालिममा सिकेका कुरालाई ब्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । तालिममा २६ जना सहभागि थिए ।

उपप्रमुख तथा न्यायिक समितिको संयोजक सरिता भट्टराई तिमसिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्धन्द्ध रुपान्तरण नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापा, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यको पनि सहभागिता थियो ।


प्रकाशित | २२ चैत्र २०८०, बिहीबार २१:१४