प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि (पीएचडी) प्रदान गरिएको छ । एक कार्यक्रमको आयोजना गरि कोरियाको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिले विभुषित गरेको हो । सत्तरी वर्ष लामो इतिहास भएको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई राजनीतिक योगदानका लागि विद्यावारिधि प्रदान गरेको हो ।

यसअघि ओलीलाई कोस्टारिकाको शान्ति विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको थियो भने भारतको गोविन्द बल्लभ पन्त कृषि तथा प्राद्धौगिक विश्वविद्यालयले पनि मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । त्यस्तै, ओलीलाई अमेरिकामा रहेको ग्रिनफोट विश्वविद्यालयले पनि ओलीलाई मानर्थ विद्यावारिधिबाट विभूषित गरेको थियो । प्रधानमन्त्री ओलीको यो चौथो मानार्थ विद्यावारिधि हो ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १६:११