प्रधानमन्त्री देउवाद्धारा प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको हो ।

उहाँले सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको छ । सभामुख सापकोटाले संविधानको धारा ७६ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिनु भएको छ ।

प्रधानमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । असार २९ गते प्रधानमन्त्री नियुक्त हुनु भएका देउवाले कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको पाँच दिनमै विश्वासको मत लिन थाल्नु भएको हो ।

संवैधानिक इजलासको परमादेश अनुसार राष्ट्रपति भण्डारीले देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।


प्रकाशित | ३ श्रावण २०७८, आईतवार १८:२९