श्रीलंका बम विस्फोटको घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम विस्फोटको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । श्रीलंकाको राजधानी कोलम्बोलगायत देशका विभिन्न ठाउँमा भएका बम विस्‍फोटनको घटनाप्रति प्रधानमन्त्री ओलीले दुख ब्यक्त गर्नुभएको हो ।  सामाजिक सञ्जाल ट्विटरमार्फत ओलीले निर्दोष सर्वसाधारणको मृत्यु हुनेगरी भएका श्रृंखलाबद्ध बम आक्रमणले अत्यत्न दुखित बनाएको उल्लेख गर्नुभएको छ । साथै मृतकका आफन्तप्रति गहिरो समवेदन व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । आइतबार बिहान श्रीलंकाको राजधानीलगायत ६ स्थानमा बम विस्फोट हुँदा १५६ जनाको मृत्यु भइसकेको छ भने ४ सय भन्दा बढी घाइते छन् ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १५:३९