तीरैतीर भीरैभीरको कठिन यात्रा, गाउँलाई सास्ती

गोरखा: तल बूढीगण्डकी। माथितिर अग्ला पहाड । भीरको बाटो, कोही भारी बोकेका, कोही पर्यटक र कोही पथप्रदर्शक । बेलाबेलामा सुख्खा पहिरो झरिरहन्छ। तैपनि यात्रीलाई गन्तव्यमा पुग्नै हतार छ । जिल्लाको चुमनुब्री गाउँपालिका ६ बिहीगाउँको भीरमा सदीयौंदेखि यसरी नै असुरक्षित आवतजावत भइरहेको छ ।

‘कति पटक पर्खाल लगाउने ? हैरान भइयो’, बाटोको पहिरो उकास्न पर्खाल लगाउँदाको दुःख सुनाउँदै चुमनुब्री गाउँपालिका ५ का वडाअध्यक्ष सोनाम ग्याल्जेन भन्छन्, ‘अस्ति भर्खर पर्खाल लगाइरहेका बेला पहिरो खसेर एकजनाको कान च्वाट्टै लग्यो । सबै भागाभाग भए । अब त गाउँले पनि पर्खाल लगाउन आउन मान्दैनन् ।’

चुमनुब्री गाउँपालिकाका कुनै पनि वडा सडक सञ्जालले जोडेको छैन । पदमार्ग पनि सुख्खा पहिरो खसिरहेका कारण ज्यादै जोखिम रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । बाटोमा स्थानीयबासी र मनास्लु क्षेत्रमा आउने हजारौं विदेशी पर्यटक असुरक्षित आवतजावत गर्न बाध्य छन् । यो समाचार शिव उप्रतीले अन्नपूर्णमा लेखेका छन् ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार ०८:३२