कस्तो रह्यो नमुना भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको दुई वर्ष ? हेर्नुहोस पूर्णविवरणसहित

‘सांस्कृतिक नगर’, ‘नाचगानको राजधानी’ जस्ता विशेषण पाएको भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको रूपमा पदभार ग्रहण गरेको आज दुई वर्ष पूरा भयो । यस अवधिमा निर्वाचनको बेला जनताबीच गरेका प्रतिबद्धता के–कति पूरा भए यहाँहरू स्वयम् जानकार हुनुहुन्छ ।
हामी–जनप्रतिनिधिहरूले चुनावमा नेपाल मजदुर किसान पार्टीले जारी गरेको घोषणापत्रलाई एक–एक गरी पूरा गर्ने कोसिस गर्दैछौँ । शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, खेलकुदजस्ता विषयहरूलाई प्राथमिकता तोकेर जनताको हितमा काम गर्दैछौँ ।

नेपालको संविधान २०७२ र सङ्घीयता कार्यान्वयनमा समस्या देखापर्दै छ । लामो समयसम्म सिंहदरबारमा बसेर शासन सञ्चालन गरेकाहरू अधिकार छाड्नै चाहँदैनन् । ‘गाउ–गाउँमा सिंहदरबार’ को नारा दिएर सिंहदरबार पुगेकाहरू एकात्मक शैलीमै शासन सञ्चालन गर्न खोज्दै छन् । संविधानले सङ्घ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नो क्षेत्राधिकारभित्र स्वतन्त्र हैसियतले काम गर्नसक्ने अधिकार प्रदान गरेको छ । तापनि सङ्घमा बस्ने उच्च पदाधिकारीहरू स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरी नियन्त्रित सङ्घीयता लागू गर्न खोज्दै छन् ।
पछिल्लो उदाहरण हो, कर्मचारी समायोजन । देशभरका स्थानीय तहमा सङ्घले कर्मचारी पठाउनु स्वायत्तता विपरीत छ । हामी आवश्यकताअनुसार कर्मचारी भर्ना गर्ने अधिकार स्थानीय तहलाई हुनुपर्छ भन्ने पक्षमा छौँ । प्रदेश लोकसेवा गठनपछि कर्मचारी प्रदेशबाट पठाउने कानुनी बन्दोबस्त विगतको भन्दा प्रतिगामी छ । यो अधिकार जनतासम्म नपुगी प्रदेश तहसम्म पुर्‍याउने चाल हो । यसमा परिवर्तन आवश्यक छ ।

संविधानको धारा ३०४ मा सङ्घीय संसद बसेको एक वर्षपछि संविधानसँग बाँझिएका कानुनहरू स्वतः खारेज हुने व्यवस्था छ । केन्द्र सरकारले हालै देशभरका जिल्ला शिक्षा समन्वय एकाइको नाउँमा निर्देशन जारी गर्दै रिक्त शिक्षक करारमा भर्ना गर्न पत्राचार गर्‍यो । मावि तहसम्मको सम्पूर्ण अधिकार स्थानीय तहमा गइसकेको अवस्थामा सङ्घ सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संविधानविपरीत पत्राचार गर्नुलाई स्थानीय तहले हस्तक्षेपको रूपमा लिएका छन् । यस्ता कामहरू बन्द हुनुपर्छ ।

सङ्घ र प्रदेशले नीति निर्माण गर्ने र स्थानीय तहले आफ्नो लागि नीति निर्माणका साथै सबै खालका विकास निर्माण गर्ने संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भावना हो । तर, आ.व. २०७६/७७ को बजेटको चर्चासँगै सङ्घीय सांसदहरू निर्वाचन क्षेत्र विकास कोष बढाउने दौडमा लागेको समाचारले हामीलाई सोच्न बाध्य बनायो । विगतमा स्थानीय तहमा जनप्रतिनिधि नभएको बेला दिइएको निर्वाचन क्षेत्र विकास बजेट अब खारेज गरिनुपर्छ । विकासको नाउँमा विनियोजन हुने रकम सङ्घ र प्रदेशले सीधै स्थानीय तहमा पठाइएमा विकास निर्माणको काम छिटो र छरितो हुनेछ ।

विकास निर्माणको काम ठेक्कापट्टामा गराउँदा गुणस्तरहीन निर्माणहरू भइरहेका छन् । सबैभन्दा कम रकम बोल कबोल गर्नेलाई नै ठेक्का दिनुपर्ने सार्वजनिक खरिद ऐन गुणस्तरहीन निर्माण हुनुको एउटा कारण हो । यसकारण समयअनुसार त्यसमा परिमार्जन गरिनुपर्छ ।
भक्तपुरले सम्पदा संरक्षणदेखि अन्य भौतिक संरचनाहरू निर्माण गर्दा स्थानीय जनताकै सहयोगमा उपभोक्ता समितिमार्फत गर्ने नीति लिँदै आएको छ । उपभोक्ता समितिमा बसेर मौलिक शैलीमा कुनै किसिमको आँच आउन नदिई निरन्तर खटेर काम गर्ने सबै नगरवासीहरू धन्यवादका पात्र हुन् ।

आर्थिक वर्ष २०७५/७६ को लागि चालूतर्फ रु. ८७ करोड ९३ लाख ८८ हजार र पुँजीगततर्फ रु. ८५ करोड ४३ लाख १२ हजार गर–जम्मा रु. १ अर्ब ७३ करोड ४० लाख विनियोजन गरिएकोमा ०७६ वैशाख मसान्तसम्म चालूतर्फ रु. ४८ करोड १६ लाख २९ हजार (५४.७६ प्रतिशत) खर्च भइसकेको छ भने पुँजीगततर्फ रु. ३५ करोड ९२ लाख ९ हजार विनियोजनको (४२ प्रतिशत ) खर्च भइसकेको छ ।
गत वर्ष २०७४/७५ को साउनदेखि वैशाखसम्मको कुल आन्तरिक आत्न्दा यस आर्थिक वर्ष २०७५/७६ को सोही अवधिमा रु. ५ करोड ८० लाखको आन्तरिक आय वृद्धि भएको छ । यसमा पर्यटक शुल्कमा रु. २ करोड ९४ लाख २५ हजार रुपैयाँले वृद्धि भएको छ भने गैरपर्यटन (विभिन्न कर दस्तुर) क्षेत्रको वृद्धि रु. २ करोड ८५ लाख ७५ हजार रहेको छ ।

नगरवासीहरूलाई सहज र सहुलियतरूपमा नगरपालिकाले विभिन्न छुट प्रदान गर्नुका साथै सबै करदातालाई समानरूपमा करको दायरामा ल्याई चैत महिनामा कर टोलीको व्यवस्थापन गरी १० वटै वडाका पसल व्यवसायमा पुगी व्यवसाय दर्ताको अभियान चलाइयो । सो अभियानबाट १,०५० नयाँ थप व्यवसाय दर्ता भई रु. ५१ लाख ३७ हजार २५० कर सङ्कलन भयोे । सम्पत्ति करमा दिइएको ५० प्रतिशत छुटको अवधि २०७६ असार मसान्तसम्म थप गरिएको छ भने व्यवसाय करको हर्जानामा दिइएको छुटको अवधि २०७६ जेठ मसान्तसम्म थप गरिएको छ । अब आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले गरेका महत्वपूर्ण कामहरूको सङ्क्षिप्तमा चर्चा गर्नेछौँ ।

१) शिक्षा

–भक्तपुर नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखी सात वटा शैक्षिक संस्थाहरू खोलेर देशभरका जनताको सेवा गर्दै आएको छ ।
–ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा २०७६ वैशाख १२ देखि १४ गतेसम्म ‘भूकम्प इन्जिनियरिङ र विपदपछिको पुनःनिर्माण’ विषयमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । चीन, भारत, बङ्गलादेशलगायत ९ वटा देशका ६२ जना शोधकर्ताले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरेको सम्मेलनले मौलिकता जोगाउनुपर्ने र पुनःनिर्माण गर्दा अध्ययन अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकाल्यो ।

–यह–जेठ ३० र ३१ गते ख्वप कलेजको आयोजनामा आर्थिक विकाससम्बन्धी राष्ट्रिय गोष्ठी हुँदै छ । यस्ता गतिविधिहरूबाट नगरपालिकाद्वारा सञ्चालित कलेजहरूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत पुग्ने हाम्रो विश्वास छ ।

–आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भनपाले प्रतिविद्यार्थी ५ लाखसम्म सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने व्यवस्था ग¥यो । वडा वडाबाट प्राप्त सिफारिसको आधारमा ३४ जना विद्यार्थीहरूलाई ऋण उपलब्ध गराउने निर्णय भई प्रक्रिया अघि बढेको छ ।

–इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा विषय पढ्ने छात्र छात्राहरूलाई आकर्षित गर्न नगरपालिकाको तर्फबाट छात्रवृत्ति दिंदै छौँ ।

–माध्यमिक विद्यालय तहसम्मको शिक्षाको जिम्मेवारी नगरपालिकामा आएपछि भक्तपुर नगरपालिकाले शिक्षा ऐन, २०७४ जारी गर्‍यो । ऐनबमोजिम विद्यार्थी शिक्षक अनुपातमा शिक्षक व्यवस्थापन, शैक्षिक क्यालेण्डरको व्यवस्था, विषयगत शिक्षक तालिम तथा अनुगमन, कक्षा ८ को परीक्षा सञ्चालन र प्रश्नपत्र निर्माण एवम् उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यशाला गोष्ठीलगायतका कार्यहरू सम्पन्न भए ।

–सामुदायिक र संस्थागत विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा समानता ल्याउने उद्देश्यले चित्रकला, वक्‍तृत्वकला, निबन्धलेखन, खेलकुद प्रतियोगिताहरू र शिक्षक तालिमहरू सँगसँगै लाने नीति लिएको छ ।

–स्थानीय पाठ्यक्रमअन्तर्गत गत वर्ष कक्षा १ र ६ मा अध्ययन अध्यापन सुरु गरिएकोमा यो वर्ष कक्षा २ र ७ मा थप गरिएको छ भने क्रमशः आगाम–वर्षमा कक्षा १ देखि ८ सम्म लागू गरिनेछ ।

–विद्यालयहरूमा आइसीट–९क्ष्ऋत्० सहितको पुस्तकालय निर्माण तथा विज्ञान प्रयोगशाला व्यवस्थापनको लागि यो वर्ष ६ वटा विद्यालयलाई प्रतिविद्यालय रु. ६ लाख ५० हजारका दरले जम्मा रु. ३९ लाख आर्थिक सहयोग प्रदान गरियो भने शौचालय निर्माणको लागि यो वर्ष २ वटा विद्यालयलाई रु. ७ लाखको दरले रु. १४ लाख आर्थिक सहयोग प्रदान गरियो । ६ वटा विद्यालयको क्रमागत भौतिक सुधारको लागि रु. १८ लाखका दरले जम्मा रु. १ करोड ८ लाख आर्थिक सहयोग प्रदान गरिएको छ । यसको अलावा भौतिक संरचना निर्माण तथा मर्मतको लागि २ वटा विद्यालयहरूलाई रु. १६,८८,२५३।३९ सहयोग प्रदान गरियो ।

–चिकित्सा क्षेत्रमा उच्च जनशक्तिको अभावलाई ध्यानमा राखेर २ जना एमबीबीएस डाक्टरहरूलाई उच्च शिक्षाको लागि छात्रवृत्ति दिने निर्णयअनुसार प्रक्रिया अगाडि बढाइएको छ ।

–ख्वप कलेजमा यहि–वर्षबाट बीबीएमको कक्षा सुरु भयो भने ख्वप माविमा कानुन र चित्रकलाको कक्षा सञ्चालनको प्रक्रिया अगाडि बढाइसकेका छौँ ।

–सिद्धि शारदा आधारभूत विद्यालय र वागीश्वरी माध्यमिक विद्यालयलाई भवन निर्माणको लागि नगरपालिकाको तर्फबाट लिबाली आवास योजनामा जग्गा भोगाधिकार प्रदान गरेका छौँ ।

–जनज्योति पुस्तकालयलाई स्तरोन्नति गर्ने काम भइरहेको छ । यस वर्ष रु. ८ लाखभन्दा बढीको पुस्तक थप गरिएको छ ।

२) स्वास्थ्य

–भक्तपुर नगरपालिकाले ३ वटा जनस्वास्थ्य केन्द्र सञ्चालन र इमर्जेन्सी सेवा प्रदान गर्दै आएको छ । हाल जनस्वास्थ्य केन्द्रमा नाक, कान, घाँटी, बाल रोग, स्त्री रोगलगायत आठ विभिन्न रोगको विशेषज्ञ सेवा उपलब्ध छन् । नगरपालिकाअन्तर्गत सञ्चालित जनस्वास्थय केन्द्रहरूमा कुल १३ विशेषज्ञ र अन्य १५ चिकित्सक गरी हाल २८ चिकित्सकहरू तथा सोही अनुपातमा नर्सहरू कार्यरत छन् । तीनवटै स्वास्थ्य केन्द्रहरूबाट गरी दैनिक ५०० भन्दा बढी बिरामीहरूको सेवा भइरहेको छ ।

–२०७५ फागुन ९ गते ख्वप अस्पताल भवनको शिलान्यास गर–निर्माण कार्य सुरु भएको छ । ३ वर्षमा अस्पताल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य भइरहेको छ । –घर–घरमा नर्सिङ सेवा प्रदान गर्दा नगरवासी ज्येष्ठ नागरिक, सुत्केरी महिला र असहाय व्यक्तिहरूको लागि ठूलो सेवा पुगेको प्रतिक्रिया पाएका छौँ । नर्स तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरू घरदैलो गई तथ्याड्ढ सड्ढलन गर्दा नगरवासीहरूमा सबैभन्दा बढी उच्च रक्तचाप (प्रेसर), दोस्रोमा मधुमेह (सुगर) र तेस्रोमा दम रोग देखिएको छ । यसको अर्थ नसर्ने दीर्घरोगहरूबाट अधिकांश नगरवासीहरू पीडित भएको प्रस्ट हुन्छ ।

–भनपा र तिलगंगा आँखा प्रतिष्ठानबीचको समन्वयमा च्याम्हासिंगमा सामुदायिक आँखा केन्द्र सञ्चालनमा छ । २०७५ चैत १५ गतेबाट मोतिबिन्दुको अप्रेसन भक्तपुरमै सुरु भयो । दैनिक ८०—९० जनासम्म आँखाका बिरामीहरूको उपचार हुने गरेको छ ।

–२०७६ जेठ १ गतेबाट जनस्वास्थ्य केन्द्रमा २४ सै घण्टा एक्सरे सेवा, सामान्य शल्यक्रिया पनि सुरु भयो । यही वर्षदेखि अल्ट्रासाउन्ड सेवा, मानसिक रोग विशेषज्ञबाट परामर्श सेवा प्रदान गर्दै आएको छ भने आवश्यकताअनुसार सेवाहरू थपिँदै लगिने छ ।

–जनस्वास्थ्य केन्द्रमा यही वर्षदेखि नगरपालिकाकै नाउँमा फार्मेसी दर्ता गरी च्याम्हासिंग र भगवती स्थानमा नगरपालिकाकै जनशक्तिबाट औषधि पसल सञ्चालन सुरु भयो ।

–नगरवासीहरूलाई सहज स्वास्थ्य उपचारमा पहुँच बढाउने ध्येयले वडा वडामा पाठेघर परीक्षण, चिनी रोग, मृगौला, उच्च रक्तचाप र आँखा शिविरहरू सञ्चालन हुँदै छन् ।

–भनपा वडा नं. ९ मा जापान सरकारको सहयोगमा छाती पुनःस्थापना केन्द्र निर्माण जेठ २ गतेबाट भयो । ८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उक्त भवनमा दमखोकी र श्वास प्रश्वासको विशेष तालिम सञ्चालन हुनेछ । नेपालमै पहिलोपटक स्थापना हुन गइरहेको उक्त केन्द्रले श्वासप्रश्वासको समस्या भएका बिरामी र ज्येष्ठ नागरिकहरूलाई सहयोग पुर्‍याउनेछ ।

–आयुर्वेदिक सेवालाई निरन्तरता दिँदै आएकोमा कर्मचारी समायोजनपछि केही समस्या देखिएको छ ।

–कडा रोग मस्तिष्कघात, मुटु रोग, क्यान्सर र मृगौला रोग लागेकाहरूलाई जनही रु. १०,००० का दरले नपाले आर्थिक सहयोग गर्दै आएको छ ।

–२०७६ जेठ १ गतेबाट मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम भक्तपुरमा लागू भयो ।

–अपाङ्गतासम्बन्ध–परिचयपत्र वितरण गर्न वर्गीकरण गर्ने कार्य भइरहेको छ ।

३) सरसफाइ 

–भक्तपुर नगरलाई सरसफाइको उत्कृष्ट नगर बनाउन हामी जनप्रतिनिधिहरू क्रियाशील छौँ । १५८ जना कर्मचारीमार्फत दैनिक सरसफाइ गर्दै आएकोमा २०७४ साउन १ गतेदेखि महिनाको २ दिन प्रत्येक महिनाको १ र १५ गते नियमित सरसफाइ गर्दै आएका छौँ ।

–२०७६ जेठ १ गतेबाट प्रत्येक वडामा १-१ वटा ट्राइसाइकलमार्फत छुट्टाछुट्टै दिन कुहिने र नकुहिने फोहर सड्ढलन सुरु भएको छ ।

–यह–महिनादेखि श्यानिटेसन शाखामा काम गर्ने सबै १५८ कर्मचारीहरूको नियमित र निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेका छौंँ ।

–फोहर व्यवस्थापनको दीर्घकालीन समाधानको लागि विशेषज्ञहरूको टोली गठन गरी अध्ययन अनुसन्धान भइरहेको छ । प्रतिवेदन प्राप्त भएपछि त्यसलाई कार्यान्वयन गरिनेछ ।

–नक्सापास गर्ने घरधनीहरूलाई सहुलियत दरमा कम्पोष्ट बिन वितरण गर्दै आएको छ ।

–वातावरणलाई सफा र स्वच्छ बनाउन नगरको महत्वपूर्ण चौडा सडकहरूको दायाँ बायाँ रुखहरू रोप्ने काम गरिरहेका छौँ ।

–भनपा वडा नं. १ स्थित १०८ रोपनी जग्गाको संरक्षणसँगै वृक्षरोपण गरियो ।

४) विकास निर्माण

–आर्थिक वर्ष २०७५/७६ भौतिक पूर्वाधार विकासतर्फ ६९ वटा र सम्पदा संरक्षणतर्फ २५ वटा गरी ९४ वटा नयाँ योजनाहरू सञ्चालन भएको र २०७४/७५ मा क्रमागत योजना ४७ र सम्पदा संरक्षणतर्फ २७ गरी जम्मा १६८ वटा योजना सञ्चालनमा रहेकोमा क्रमागत योजनाहरू ४४ वटा र नयाँ योजनाहरू ६१ वटा गर–१०५ वटा योजनाहरू सम्पन्न भए ।

–क्रमागत योजनाको लागि रु. १४ करोड ५९ लाख १९ हजार ७१९ रुपैयाँ र चालू योजनाको लागि रु. ७ करोड ३३ लाख ७० हजार ७५४ रुपैयाँ गरी कूल रु. २१ करोड ९२ लाख ९० हजार ४७३ रुपैयाँ खर्च भइसकेको छ ।

–भनपा वडा नं. १ को कार्यालय भवन, तलेजु आँग द्योः निर्माण सम्पन्न, भनपा वडा नं. ७ को गय् भिंद्यो पुल निर्माण, भैरवनाथको मन्दिर जीर्णोद्धार, भनपा ९ स्थित बहुउद्देश्यीय भवन, माहेश्वरी घाट निर्माण, भाज्या पोखर–सडकमा ढुङ्गा छाप्नेलगायतका योजनाहरू उल्लेखनीय छन् ।

५) खेलकुद

–युवाहरूको शारीरिक र मानसिक विकासलाई ध्यानमा राख्दै भनपाको आयोजनामा २०७५ कार्तिक ११ गतेदेखि १७ गतेसम्म नगरव्याप–विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भयो । ९२ वटा विद्यालयमध्ये ६७ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा १३ वटा खेल विधामा १८०० भन्दा बढ–खेलाडीहरूले भाग लिए ।

–२०४६ सालको जनआन्दोलनमा भक्तपुरबाट सहादत प्राप्त वीर सहिदहरूको सम्मानमा २०७५ फागुन ५ देखि ७ गतेसम्म अन्तरनगर कराँते प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा देशभरका २२ वटा नगरपालिकाबाट खेलाडीहरू सहभाग–भए ।

–भक्तपुर नगरपालिकाले वडा–वडामा व्यायाम स्थल स्थापना गर्‍यो । ज्येष्ठ नागरिक, युवा सबै उमेर समूहका नागरिकहरूलाई यसले शारीरिक र मानसिक स्वास्थ्यको लागि फाइदा पुर्‍याउनेछ । ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजमा पनि व्यायाम सामग्री पठाएका छौँ । आवश्यकताअनुसार विद्यालयहरूमा पनि विस्तार गर्दै लगिने छ ।

–भनपाले फूटबल, भलिबल, बक्सिङ, कराँते, टेबुलटेनिस गरी ५ वटा खेलको नियमित प्रशिक्षण दिँदै आएकोमा यो वर्षदेखि जिम्नेष्टिक खेलको पनि तालिम सुुरु गर्‍यो ।

–खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले भक्तपुर जिल्लाबाट वर्षको उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, रेफ्रि र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभाग–भई मेडल जित्न सफल तथा सहभागीहरूलाई २०७६ वैशाख १३ गते सम्मान गरियो ।

–नगरपालिका दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीहरूबीच बेग्लाबेग्लै विभिन्न खेलको प्रतियोगिता भयो ।

–विद्यालयहरूमा खेलाइने मार्चपास व्यवस्थित गराउने उद्देश्यले भक्तपुर नपाले यो वर्ष मार्चपास प्रतियोगिताको आयोजना ग¥यो ।

–वडा वडामा खेलकुद गतिविधिलाई अझ सक्रिय बनाउन प्रत्येक वडालाई रु. ७५,०००।– (पचहत्तर हजार रुपैयाँ) को खेलकुद सामग्री प्रदान गरियो ।

–महिलाहरूको आत्मरक्षाको लागि विभिन्न स्थानमा तालिम सञ्चालन गरियो ।

–खेलकुद नीतिअनुसार खेलकुद प्रतियोगिता आयोजना गर्ने टीम, क्लव वा सङ्घ संस्थाहरूलाई सहयोग गर्दै आएको छ । भनपा वडा नं. ४ वडा समितिको आयोजनामा राष्ट्रव्याप–आमन्त्रण कबड्डी प्रतियोगिता, भनपा वडा नं. १ को आयोजनामा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता, भनपा वडा नं. ९ को आयोजनामा भक्तपुर जिल्लाव्यापी पावर लिफ्टिङ प्रतियोगिता र भनपा वडा नं. ७ को आयोजनामा फुटसल प्रतियोगिताहरू सम्पन्न भए । त्यस्तै भनपा वडा नं. ६ ले युवाहरूलाई किक बक्सिङ खेलको प्रशिक्षण दिइरहेको छ ।

–भनपा २ स्थित सहिद स्मृति खेलमैदान र भनपा ७ स्थित महेश्वरी खेल मैदानको सुधारको काम हुँदै छ ।

६) खानेपानी

–खानेपानी भक्तपुरका जनताको प्रमुख समस्या हो । खानेपानी समस्यालाई ध्यानमा राखी भनपा २ सल्लाघारी, भनपा ७ गोल्मढी, भनपा ८ लिबाली र भनपा ९ तुमचो दुगुरे आवास योजनामा डीप बोरिङ गरी ती ठाउँहरूमा पानी ट्याङ्की निर्माणको कार्य भइरहेको र काठमाडौँ उपत्यका खानेपान–लिमिटेडले थुसाचामा डीप बोरिङ सुरु गरेको छ ।

–नगरका ठाउँ—ठाउँमा पाइप बिग्रेर चुहावट भइरहेको हुँदा पाइप फेरेर वितरण प्रणालीमा सुधारका कार्यहरू हुँदै छ ।

–भनपा वडा नं. १ भार्वाचोमा आकाशे पानी सङ्कलनको व्यवस्था मिलाइएको छ ।

७. पर्यटन

पर्यटन भक्तपुर नगरपालिकाको प्रमुख आयस्रोत हो । नगरपालिकाले पर्यटकहरूको सेवा सुविधाको लागि विभिन्न कार्यहरू गर्दै छ । आर्थिक वर्ष २०७५ साउन १ गतेदेखि २०७६ वैशाख मसान्तसम्म गैरसार्क पर्यटकहरू १,२९,८३० जना र सार्क तथा चिनियाँ पर्यटकहरू ९६,५४० जना गर–जम्मा २,२६,३७० जनाले भक्तपुर भ्रमण गरे । गत आर्थिक वर्षको सोही अवधिमा गैरसार्क पर्यटकहरू १,१६,६५७ जना र सार्क तथा चिनियाँ पर्यटकहरू ८१,१२८ जना गरी जम्मा १,९७,७८५ जनाले भक्तपुर भ्रमण गरेका थिए । यस आर्थिक वर्षमा गैरसार्क पर्यटकहरू १३,१७३ जना (११.२९) र सार्क तथा चिनियाँ पर्यटकहरू १५,४१२ (१९ प्रतिशत) जना गरी जम्मा २८,५८५ (१४.४५ प्रतिशत) जना पर्यटकहरू वृद्धि भएको छ ।

८) कृषि

–क्षेत्रफलमा सानो नगर भए पनि बहुसङ्ख्यक जनता कृषि पेशामा संलग्न भएको हुँदा किसानहरूको हितलाई ध्यानमा राखेर भनपाले मौसमअनुसारको उन्नत जातको अन्न र तरकारीको बीउ वितरण गर्दै छ । प्रतिपरिवार आलु र गहुँ ५ केजी र धान ३ केजीका दरले निःशुल्क वितरण गर्दै छ ।

–कृषि उत्पादकत्व वृद्धिको लागि माटो परीक्षण तालिम, विषाद–प्रयोगसम्बन्ध–तालिम, गद्यौला मल उत्पादन, कौस–खेती, च्याउ खेतीलगायत  बेमौसमी तरकारी खेतीको तालिम सम्पन्न गर्‍यो ।

–कृषि चुन वितरण, गहुँ चुट्ने थ्रेसर वडा वडामा वितरण गर्नुका साथै भुस्याहा कुकुर व्यवस्थापन तथा छाडा वस्तु व्यवस्थापनको काम पनि नगरपालिकाले प्रहरी प्रशासन, ट्राफिकसँग समन्वयमा गर्दै छ ।

–हाल ५ महिने कृषि तालिम सञ्चालन भइरहेको छ ।

९) आवास योजना

–भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भनपा वडा नं. ९ मा तुमचो दुगुरे आवास योजना हाल अन्तिम चरणमा पुगेको छ । आयोजना क्षेत्रलाई ८ वटा ब्लकमा विभाजन गरी अलग्ग—अलग्ग उपभोक्ता समिति गठन गरी कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । भनपा र विद्युत प्राधिकरणबीच सम्झौता गरी आयोजनाले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत व्यहोर्ने गरी ५ वटा ट्रान्सफर्मर जडान गरी विद्युतीकरणको काम सम्पन्न भइसकेको छ । जनप्रतिनिधि बहालीपछिको दुई वर्षमा सडक पीच, खानेपानी, ढलान कार्य, विद्युत्लगायतका कार्यमा आयोजना क्षेत्रमा रु. १६ करोडभन्दा बढीको विकास निर्माण कार्य सम्पन्न भइसकेको छ र काम तीव्रगतिमा भइरहेको छ ।

–भनपा वडा नं. २ मा सञ्चालित देको मिवा इटापाके आवास योजनामा हाल तीव्रगतिमा निर्माणका कार्यहरू भइरहेका छन् । आयोजनाको ६ वटा ब्लकहरूमध्ये ३ वटा ब्लक (ब्लक ए, बी, सी) हरूको रिप्लटिङ कार्य अन्तिम चरणमा (करिब ८० प्रतिशत) पुगेको र आगामी आर्थिक वर्षको सुरुवातसँगै अस्थायी पुर्जा वितरणको प्रक्रिया अगाडि बढाइने तयार–छ ।

–आयोजनाको ६ वटा ब्लकहरूमध्ये ब्लक ए, बी र सी मा सडकको रिटेनिङ वाल निर्माण कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब १०.८ किमि लम्बाइ सडकका रिटेनिङ वाल (१९४०० घ.मि.) निर्माण कार्य सम्पन्न भइसकेको छ ।

–ब्लक डी र ई मा स्थानीय उपभोक्ता समितिहरूमार्फत रिटेनिङ वाल निर्माण कार्य अगाडि बढाइएको छ । हालसम्म विभिन्न स्थानमा १४ वटा उपभोक्ता समितिहरूमार्फत रु. १३ करोड ४० लाख ३३ हजार लगत अनुमानको कार्य अगाडि बढिरहेको र थप रु. ३ करोड लागत अनुमानको रिटेनिङ वाल निर्माण कार्य सञ्चालन हुने क्रममा रहेको छ ।

१०) बजार अनुगमन

–भक्तपुर नगरपालिकाले नगरवासीहरूको स्वास्थ्यसित प्रत्यक्ष सरोकार राख्ने औषधि पसल, खाद्य पसल, मासु पसल, होटल–रेष्टुरेन्ट, फलफूल पसल, दही, ब्युट–पार्लरलगायतमा नियमित अनुगमन गर्दैै छ । अनुगमनको क्रममा अनुमतिबिना पसल खोलेको, नगरपालिकामा दर्ता नभएको, मिसावट र म्याद नाघेका, अखाद्य वस्तु वा औषधि फेला परेपछि पसल व्यवसाय दर्ता गराउने, सामान जफत गरी नस्ट गर्ने र त्यस्ता व्यापारीलाई आवश्यक कारबाही गर्ने तथा सरसफाइ, ढक–तराजुको निरीक्षण गर्दै आएको छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरूलाई कारबाही गर्नुका साथै कसुर हेरी सचेत पार्ने र दण्ड सजाय गर्दैै आएको छ ।

११) नक्सा पास

–यो आर्थिक वर्षमा जम्मा ६२९ वटा नक्सा दर्ता भएकोमा ५८५ वटा नक्सापास भए भने १३६ वटाले घर निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गरे ।
–पुरानो सम्पदा क्षेत्रमा घर निर्माण गर्ने घरधनीहरूको लागि मौलिक शैलीमा घर निर्माण गरेमा मोहडामा लाग्ने इँटा, झिङ्गटी र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदानलाई निरन्तरता दिंदै छौँ ।

–अनियमित कार्यलाई नियन्त्रण गर्न नगरपालिकाले कारबाही गर्दै आएको र न्यायिक समितिमार्फत कानुनबमोजिम न्याय सम्पादन गर्दै आएको छ ।

१२) संस्कृति संरक्षण

–हाम्रो संस्कृति नै हाम्रो पहिचान भएकोले संस्कृति संरक्षणको लागि भनपाले निरन्तर विभिन्न गतिविधिहरू गर्दै छ । गाईजात्रामा प्रदर्शित हुने नाटक, नृत्य, प्रहसन, घिन्ताङघिसीलाई प्रतियोगितात्मक मूल्याड्ढन गरी जात्रा व्यवस्थित र मर्यादित बनाउने कोसिस गर्दै छ ।
–हरेक वर्ष एउटा सांस्कृतिक प्रतियोगिता गर्ने नीतिअनुसार यो वर्ष नगरव्यापी धाँ बाजा प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा ३७ वटा धाँ बाजा समूहले भाग लिए । पुराना र नयाँ पुस्तालाई एउटै मञ्चमा उभ्याउन प्रतियोगिता सफल भयो । प्रतियोगिताले हाम्रो संस्कृति नयाँ पुस्तामा हस्तान्तरणको सन्देश पनि दियो ।

–सांस्कृतिक संरक्षणमा निरन्तर लागेका संस्कृतिकर्मीहरूको योगदानको उच्च मूल्याड्ढन गरी प्रत्येक वडाका २–२ जना संस्कृतिकर्मीहरूलाई नगरपालिकाले सम्मान गर्‍यो ।

–भक्तपुर नगरपालिकाले सांस्कृतिक माध्यमबाट मित्रता बढाउँदै जाने उद्देश्यअनुरुप सिन्धुपाल्चोक जिल्ला चौतारास्थित सिन्धु नेवाः खलको आग्रहमा भक्तपुरको सांस्कृतिक झाँकीहरू पठाई प्रदर्शन गरियो ।

–भनपा वडा नं. १ स्थित भाज्या पोखरी जीर्णोद्धार हुँदै छ । सम्पदाको जीर्णोद्धारसँगै अध्ययन अनुसन्धानमा पनि हामीले जोड दिँदै छौँ । भाज्या पुखु ३०० वर्ष पुरानो भनी अध्ययन गर्दै आएकोमा डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा गठित प्राविधिक टोलीले सात महिनाको अध्ययन अनुसन्धानपछि ८०० वर्ष पुरानो भन्ने प्रतिवेदन बुझायो । पोखर–मौलिक स्वरुपमै जीर्णोद्धार गर्न अझ चुनौती थपिएको छ ।

–भक्तपुरको अर्को महत्वपूर्ण रानीपोखरी पञ्चायतकालमा सेनाले आफ्नो नियन्त्रणमा लिएर सर्वसाधारणलाई प्रवेश निषेध गर्दै आएकोमा पोखर–जीर्ण र पोखरीसँगैको पाट–भग्नावशेषमा परिणत भइसकेको हुँदा जीर्णोद्धारको लागि हामीले निरन्तर पहल गर्‍यौ‌ं । नेपाली सेनासँगको सहमतिपछि पोखरीको नाप नक्सा गर्ने, अध्ययन, अनुसन्धान गरी मौलिक शैलीमै नगरपालिकाले निर्माण गर्ने, पोखरी सर्वसाधारण जनताको लागि खुला हुने भएको छ । सहमतिपश्चात् ख्वप इन्जिनियरिङ कलेजका प्राविधिकहरूबाट नाप नक्सा गरियो भने पोखरी जीर्णोद्धारको निम्ति प्रक्रिया अगाडि बढाउने क्रममा छौँ ।

–रानीपोखरीमा आउनेहरूको लागि सवारी साधन पार्किङको लागि रानीपोखरीको दक्षिणस्थित दूध चिस्यान केन्द्र रहेको ठाउँ प्रयोग गर्ने र सिद्धपोखरीको उत्तर, भक्तपुर अस्पतालको पश्चिमतर्फको खेलमैदान सर्वसाधारण जनताको लागि निश्चित समय खुला हुनेछ ।

१३) विभिन्न सीपमूलक तालिम सञ्चालन

–भनपाले युवाहरूलाई लक्षित गरी विभिन्न सीपमूलक तालिम सञ्चालनमा जोड दिँदै छ । आर्थिक वर्ष २०७५/७६ मा चिनियाँ भाषा तालिम, नेपालभाषा लिपि, काष्ठकला, हेयर कटिङ, पाक शिक्षा, बेमौसमी खेती, रेडियो प्रस्तोता, सिलाइ, स्थानीय पथप्रदर्शक तालिम सम्पन्न भए भने प्रस्तरकला, धातुकला, फोटोग्राफीसम्बन्धी तालिमको तयारी भइरहेको छ ।

–यस अवधिमा नगरभित्र सञ्चालित सहकारी संस्थाका प्रतिनिधिहरूलाई पल्र्ससम्बन्ध–तालिम सञ्चालन तथा सहकार–अनुगमन गर्दै आएको तथा नगरपालिकाका कर्मचारीहरूलाई लेखासम्बन्धी पुनःर्ताजगी तालिम पनि सम्पन्न गरियो ।

१४) सञ्चारमा भनपा

–इमानदारिता र पारदर्शितालाई जनप्रतिनिधिहरूले ध्यानमा राख्दै नगरपालिकाका हरेक गतिविधि, आय–व्यय सबै नागरिकहरूसमक्ष समयमै जानकारी दिँदै आएको छ । भनपाले मासिक प्रकाशन ‘भक्तपुर’, पाक्षिक प्रकाशन नेपालभाषाको ‘ख्वप पौ’, रेडियो कार्यक्रम ख्वप सः हप्ताको २ दिन (२ घण्टा) सञ्चालन गर्दै आएको र नगरपालिकाको राजपत्र नियमित प्रकाशन गर्दै आएको छ ।
–समयअनुसार नगरपालिकाको गतिविधि छिटोछरितो प्रसारणको लागि फेसबुक पेज (भक्तपुर म्युनिसिपालिटि), मोबाइल एप्स, अडियो नोटिस र वेभसाइटमार्फत भइरहेका छन् भने दिनहुँ आउने आन्तरिक र बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर टौमढी, दरबार क्षेत्र, दत्तात्रय क्षेत्र, भनपा १ स्थित अस्पताल क्षेत्रमा फ्रि वाइफाइको प्रक्रिया अगाडि बढेको छ भने नपा भवन क्षेत्रमा भने प्रारम्भ भइसकेको छ ।

१५) भूकम्पपछिको पुनःनिर्माण र सम्पदा संरक्षण

–२०७२ को भूकम्पबाट भक्तपुर नगरमा ८ हजार घर र ११५ भन्दा बढ–सम्पदा भत्केकोमा सम्पदा पुनःनिर्माण र निजी आवास निर्माणलाई हामीले चुनौतीको रूपमा लियौं ।

–सम्पदा निर्माण तीव्रगतिमा अगाडि बढ्यो । भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूमध्ये हालसम्ममा १७ वटा मन्दिर, ३४ वटा पाटी, ४ वटा द्योःछेँ, २ वटा प्रवेशद्वार, ५ वटा पोखरी, ५ वटा इनार, ६ वटा सत्तल, ५ वटा ढुङ्गेधारा र अन्य ५ गरी ८३ वटा सम्पदाहरूको पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न भइसके भने ३२ वटा निर्माणाधीन छन् ।

–निजी घरतर्फ ७६१९ लाभग्राही सूचीमा देखिए पनि पहिलो किस्ता लिनेहरूको सङ्ख्या ५५३०, दोस्रो किस्ता लिनेहरू १७०३ र तेस्रो किस्ता लिनेहरूको सङ्ख्या १४६० छन् ।

–भूकम्पपछि लामो समय घर निर्माण गर्न नसक्नुमा किस्ताबन्दीमा रकम उपलब्ध गराउनु, बहुस्वामित्व, मुद्दा मामिला, घरधनीको नाउँमा पुर्जा नहुनु र मोहियानी तथा गुठी जग्गामा घर निर्माण गरेर बस्नु हो । यसको लागि अनुदान रकम बढाउनुपर्ने, एकमुस्त दिनुपर्ने, जग्गाधन–पुर्जा नभए पनि घर भत्केको प्रमाणको आधारमा अनुदान दिनुपर्ने माग गर्दै आएका छौँ ।

१६) पर्ती जग्गा संरक्षण

भनपा वडा नं. १ सल्लाघारीमा ७ रोपनी र भनपा वडा नं. १० कमलविनायकमा ८ रोपनी जग्गा संरक्षणको काम भइरहेको छ । त्यसैगरी नेपाल सरकार र नेपाल ट्रष्टको नाउँमा रहेको सल्लाघारीको १०८ रोपनी जग्गाको संरक्षण पनि ट्रष्टसँग समन्वय गरी निर्माण कार्य चालू छ । भनपाभित्र पर्ती र सरकारी जग्गा संरक्षणलाई निरन्तरता दिँदै जानेछ ।

१७) बिस्का जात्रामा भनपा

भक्तपुरको प्रसिद्ध बिस्का जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न नगर प्रमुखको संयोजकत्वमा जात्रा व्यवस्थापन समिति गठन गर–पहल गरियो । अव्यवस्थित र छरपस्टरूपमा रहेका तार र लठ्ठाहरू व्यवस्थित गरियो भने भार्वाचोदेखि दत्तात्रयसम्म सीसी क्यामेरा जडान गरियो । जिल्ला प्रशासन र कार्यालय प्रमुखहरू तथा स्थानीय जनताको सहयोगमा विगतका वर्षहरूभन्दा यो वर्षको जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रतिक्रिया प्राप्त भयो । जनप्रतिनिधिहरूको अगुवाइमा टोलटोलमा पनि शान्तिपूर्णरूपमा जात्राहरू सम्पन्न भए ।

अन्त्यमा, जनताको अपार माया पाएर नेपाल मजदुर किसान पार्टीको तर्फबाट दुई वर्षअघि हामी निर्वाचित भयौँ । सपथग्रहण गरेकै दिनबाट हामी जनप्रतिनिधिहरू जनताको सेवामा समर्पित भएर लाग्यौँ । हरेक महत्वपूर्ण कार्यमा जनताको राय, सल्लाह लिने र जनताबाट प्राप्त सल्लाहअनुसार जनताकै सेवामा काम गर्दै छौँ । नगरपालिकाको हरेक गतिविधिमा निरन्तर साथ र सहयोग गर्ने सम्पूर्ण जनसमुदायमा नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दर्छौँ ।

स्रोत : भक्तपुर खबर


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार २०:१०