बम पड्केर ज्यान गुमाएका शाहीका पिता भन्छन्, ‘डाक्टर बनाउने सोच थियो, अनुहार नै देख्न नपाई छोरो खरानी भएछ’

काठमाडौं: ‘मनमा ठूलो आस र भरोसा मानेर छोरामा लगानी गरें । डाक्टर बनाउने सोच थियो तर डाक्टर हैन अनुहार नै देख्न नपाई छोरो खरानी भएछ । ’ यो भनाइ हो जय पृथ्वी नगरपालिका–१ कैलासका विजय शाहीको । आइतबार बेलुका काठमाडौंको घट्टस्थत कोठा (डेरा) मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो । उनको मृत्युले अहिले शाही परिवारमा निकै पीडा र छट्पटी भएको छ । ‘गरिबीको मार खेपिरहेको छु । भएको सम्पत्ति डिक–बन्धकी राखेर साहुको ऋण सापट मागें। ठूलो सपना बोकेर छोरालाई एचए ९हेल्थ असिस्टेन्ट० पढाउन १६ लाख खर्च गरें । अब कसरी कहाँबाट तिर्न हो १ आफू पनि गयो, हामीलाई पनि ऋणमा डुबायो,’ उनले भने ।

विजय शाहीले प्रज्वलको सहारामा दुई छोरी, अर्का एक छोरा र एक साला गरी चारजनालाई काठमाडौं पढाउन सँगै पठाएका थिए । ‘के छ छोरा खबर भनेर सोध्दा लोकसेवाको तयारी गरिरहेको छु । सानो काम पनि गर्छु भन्थ्यो । पन्ध्र महिनादेखि घरबाट एक रुपैयाँ पनि मागेको थिएन,’ शाहीले भक्कानिँदै भने, ‘छोरो बम विस्फोटमा परेर मृत्यु भएको खबर रेडियो र गाउँलेबाट थाहा पाएँ । अन्य चारजनाको अवस्था के भयोहोला बुझन पाए हुन्थ्यो । काठमाडौं म जान सक्दिनँ ।’ यो समाचार आजको नागरिक दैनिकमा जगत खड्काले लेखेका छन् ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार ०८:५२