काठमाडौं: संसद सचिवालयले आज हुने संसदको बैठकको कार्यसूची सार्वजनिक गरेको छ । सार्वजनीक गरिएको कार्यसूचीमा सांसद सरिता गिरीले संविधान संशोधन विधेयक विरुद्ध संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई कार्य सूचीबाट हटाइएको छ ।
आज सर्वजनिक गरिएको कार्यसूीचमा पहिलो नम्बरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङले नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुने छ ।
त्यस्तै दोस्रोमा नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ लाई पायरित गरियोस भनि प्रस्ताव गर्नु हुने कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित | ३१ जेष्ठ २०७७, शनिबार १२:५६