पोखराका ३ ठाउँमा शङ्कास्पद वस्तु

कास्की: पोखराको विभिन्न तीन ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ । पोखराको सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु भेटिएको हो ।  जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ ।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार १३:२९