रोनाल्डो ‘गोल्डेन बुट’को दौडमा चौथो

एजेन्सी : क्रिस्टियानो रोनाल्डाले सिरि एको पहिलो सिजनमा गोल्डेन बुट जित्न असफल भएका छन् । लिगको अन्तिम खेलमा साम्पडोरियाविरुद्व युभेन्ट्सले रोनाल्डोलाई आराम दिईएको थियो । सोही कारण उनले यस सिजन २१ गोलमा थप गोल गर्न सकेनन् । रोनाल्डो गोलको तालिकामा २६ गोल गरेका फाबियो कागलियारेला, २३ गोल गरेका डुभान जपाटा र २ गोल गरेका क्रिज्सटोफ पीएटेक भन्दा पछाडी रहे ।

साम्पडोरियाका ३६ बर्षका फरवार्ड फाबियो कागलियारेलाले २६ गोल गर्दै यस सिजनको गोल्डेन बुट हात पार्न सफल भएका छन् ।गोल्डेन बुट जित्न असफल भएपनि रोनाल्डले सिरि ए प्लेयर अफ दी इयर अवार्ड जितेका थिए । उनको कलबले लगातार आठौं पटक लिग उपाधि उचाल्न सफल भएको थियो । रोनाल्डो ईङ्ल्याण्ड, स्पेन र ईटालीमा शीर्ष डिभिजनको लिग उपाधि उचाल्ने पहिलो खेलाडी बनेका छन् ।र उनी मात्र सबै देशको प्लेअफ अफ दी ईयर घोषित भएका छन् ।

पोर्चुगलका अन्तराष्ट्रिय खेलाडी रोनाल्डोले मध्य फ्रेब्रुअरीपछि ईटालीको शीर्ष डिभिजन लिगमा मात्र दुई गोल गरेका छन् । करिब दशक अघि प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडबाट १८ गोल गरेका रोनाल्डोको २१ गोल करियरकै दोस्रो कम स्कोर हो । कागलियारेलाले यसअघि कुनै पनि सिजनमा २० भन्दा बढी गोल गर्न सकेका थिएनन् । सन् २०१७–१८ को सिजनमा उनले सबै भन्दा बढी १९ गोल गरेका थिए । तर उनले यस सिजन अविश्वसनीय प्रर्दशन गर्दै ईटालियन लिगमा जबर्जस्त प्रर्दशन गरे ।

उनको प्रर्दशनलाई आधार बनाएर ईटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्चिनीले युरो २०२० को छनोट खेलमा खेल्न बोलाएका छन् । ईटालीले युरो कप छनोटमा फिनल्याण्ड र लिचेस्टाईनविरुद्व खेल्दैछ । सन् २०१० पछि उनी दोस्रो पटक राष्ट्रिय टिमको जर्सीमा मैदान उत्रन लागेका हुन् ।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार ०९:५१