एमालेमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

सौराहा –  एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने बताउनु भएको छ । महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताउँदै भन्नुभयो, ‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ, एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।’

पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनु भएको हो ।


प्रकाशित | ११ मंसिर २०७८, शनिबार १३:१२