राजधानीमा बम आतंक: विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४ पुग्यो, ८ जना घाइते

काठमाडौं:  काठमाडौं विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । काठमाडौंको दुई ठाउँ सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको हो । घटनामा ८ जना घाइते भएका छन् ।

सुकेधारास्थित एक शैलुनमा भएको बम विस्फोटको घटनामा तीन जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनाको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारा विस्फोटमा ज्यान गुमाउनेको पहिचान खुलेको छैन । विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर घाइते भएका छन् ।

त्यसैगरी घट्टेकुलोमा भएको विस्फोटमा अर्का एक जनाको मृत्यु भएको हो । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको हो भने रविन केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार २२:३२