एमसीसीबारे गम्भीर छलफल गर्न माग गर्दै भीम रावलले लेखे ओलीलाई पत्र

काठमाडौँ– नेकपा एमाले नेता तथा सांसद डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्नु भएको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले उक्त माग गरेको हो ।

पत्रमा एमसीसीका कैयौ प्रवधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, नेपालको संविधान र कानुन विपरित रहेको र यस विषयमा गहन छलफल हुनुपर्ने उल्लेख गर्नु भएको छ ।

उहाँले महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुनेमा पनि जोड दिनु भएको छ ।


प्रकाशित | २ फाल्गुन २०७८, सोमबार २१:२२