सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ : साताको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । शेयर कारोबार पनि स्वात्तै घटेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घटेको हो । नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा रोकिएको छ । कुल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता सेयर ६२ करोड ६२ लाख एक हजार ६६६ मूल्यमा कारोबार भएको छ । कारोवार भएका कुल ११ उपसमूहमध्ये सबै उपसमूहको सेयर ओरालो लागेको हो ।

आज बैंकिङ ९.६, होटल ३२.३६, विकास बैंक १४.६५, जलविद्युत् ३०.७१, वित्त ५.३८, निर्जीवन बीमा ३५.०८, उत्पादन ०.७६, अन्य ११.७१, लघुवित्त ५.१५, जीवन बीमा ३८.०१, सामूहिक लगानी कोष ०.०२ अङ्कले घटेको छ । स्टकका अनुसार नेपाल बैंक लिमिटेडको चार करोड ८५ लाख ६२ हजार ५६८, शिवम् सिमेन्ट चार करोड ७५ लाख ७३ हजार २७१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी तीन करोड ७४ लाख ३६ हजार २१७, हिमालयन डिस्टिलरी दुई करोड ५४ लाख २५ हजार २४५, कृषि विकास बैंकको सेयर दुई करोड १५ लाख ३४ हजार ३३२ मूल्यमा कारोबार भएको छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १६:३९