आज विश्व नर्सिङ दिवस

काठमाडौं: आज मे १२ अर्थात् विश्व नर्सिङ दिवस । नर्सिङ दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दवस मनाइँदैछ। दिवसको अवसरमा नेपाल नर्सिङ संघले बिहान १० बजे राष्ट्रिय सभागृह प्रदर्शनीमागमा एक कार्यक्रम आयोजना गर्दैछ । विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस माघ १५ गते मनाइन्छ। नेपालमा विसं‍. २०१३ देखि नर्सिङ पेशा शुरु भएको मानिन्छ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०८:४५