भलिबल खेलाडी कमला पुनको घुँडाको सफल शल्यक्रिया

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कमला पुनको घुँडाको सफल शल्यक्रिया गरिएको छ । म्याग्दीमा जन्मिएकी कमला २०७० बाट राष्ट्रिय टोलीको सदस्य हुन् । नेपाल टिम र नेपाल पुलिस क्लबकी समेत हाल लिफ्ट पहिले लिवेरो रहेकी कमलाको खेल दौरान दायाँ घुँडाको चोट लागेको थियो । उनको घुँडामा पानी जमेको र लिगामेन्ट च्यातिएको बताइएको छ ।

तस्विर : कमला पुनको फेसबुकबाट

बि एण्ड बी अस्पतालमा उनको शुक्रबार शल्यक्रिया भएको हो ।सफल अप्रेसन भएलगत्तै उनले सामाजिक सन्जाल फेसबुकमा फेसबुक, म्यासेन्जर र फोनबाट स्वास्थ लाभको कामना गर्नुहुने सबैलाई धन्यवाद दिएकी छिन् । यससँगै कमलन कम्तीमा पनि ३ महिना वा त्यो भन्दा बढी पनि बाहिर रहनु पर्ने भएको छ ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार १०:५०