एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मीलाई सर्वाधिक मत

काठमाडौँ –  एमालेको १०औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा उपाध्यक्ष उम्मेदवार अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याउँदै विजयी हुनु भएको छ । उहाँले १९७६ मत प्राप्त गर्नु भयो । उपाध्यक्षमा घनश्याम भूसाल ७२५ मत ल्याएर पराजीत हुनु भयो ।

६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै विजयी हुनु भएको छ ।

निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।


प्रकाशित | १४ मंसिर २०७८, मंगलवार १६:२९