शैक्षिक संस्था माघ मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाण्डौ – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले शैक्षिक संस्थाहरू माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । आज शुक्रवार बसेको सीसीएमसीसीको बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको हो ।

त्यस्तै, आज बसेको सीसीएमसीसीको बैठकले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन पनि सिफारिस गरेको छ ।

उता काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आजै बसेको बैठकले भने ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको छ ।


प्रकाशित | १४ माघ २०७८, शुक्रबार १९:४२