कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिले सरकार गठनबारे अलमल अन्त्य गरेको हो ।

आफूले विघटन गरेको संसद अदालतबाट पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले नैतिक र राजनीतिक रुपमा राजीनामा दिनुपर्ने भएपनि नदिएकाले राजीनामा मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

संसद पुनस्थापना भएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने अपेक्षा गरेको भए पनि त्यसो नभएकाले राजीनामा माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले उल्लेख गर्नु भयो । केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित | २१ चैत्र २०७७, शनिबार ०८:११