चट्याङ लागेर एक बालिकाको मृत्यु

जुम्ला: जिल्लाको हिमा गाउँपालिका ७ तलिकुडुमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । बिहीबार राति चट्याङ लागेर ११ वर्षीय रुप्सी बुढाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनसार चट्याङ्ग लागेर ११ वर्षीय बालिका विमला बुढा घाइते भएकी छिन् । शवलाई पोष्ट पार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार १८:२८