विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै पत्रकार महासंघले बुझायो ज्ञापनपत्र

काठमाडौँ : नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गर्दै देशब्यापी रुपमा आन्दोलन चर्काएको छ । महासंघले देशैभरीका जिल्ला प्रशासनमा आज धर्ना तथा विरोधको कार्यक्रम चलाइरहेको छ । पोखराका पत्रकार अर्जुन गिरीलाई बिधुतीय कारोबार ऐन लागाएर मुद्दा लगाएको बिरोधमा देशैभरीका पत्रकार आन्दोलीत बनेका हुन । त्यस्तै, नेपाल पत्रकार महासंघले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटालाई समेत ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यसहितको टोली बिहीबार सिंहदरवार पुगेर ध्यानकर्षण पत्र बुझाएको हो ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १७:३०