राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं –  नेकपा (माओवादी केन्द्र) ले आइतबारबाट सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । आज बसेको
पार्टी स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो ।

प्रवक्ता कृष्णवहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको जानकारी दिनु भयो ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महराले शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन भन्ने र सोही अनुसार अघि बढ्ने निर्णय गरेको बताउनु भयो । ।

माओवादीको केन्द्रीय कमिटी बैठक आइतबार विहान ८ बजे बस्दैछ ।


प्रकाशित | १० पुष २०७८, शनिबार १८:५०