विमानस्थलबाट साढे तीन करोड भन्दा बढी भारतीय नक्‍कली नोटसहित ६ जना पक्राउ

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन करोड बढी भारतीय नक्‍कली नोटसहित छ जना पक्राउ परेका छन् ।  कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिकसहित ६ जनलाई पक्राउ गरिएको हो । विमानस्थल प्रहरीका अनुसार साढे तीन करोडभन्दा बढी रकमसहित शुक्रबार दिउँसो ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्ने नेपालीमा युनिस अन्सारी, सोयर खान र सुजन रानाभाट छन्।अहिलेसम्म दुईवटा सुटकेसमा ल्याएको रकम तीन करोड ६० लाख रहेको प्रहरीले जनाएको छ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले रकम रिसिभ गर्न गएका अन्य तीन नेपाली पनि पक्राउ गरेको छ।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार १६:५३