सगरमाथाको उचाइ मापन गर्न गएको टोली फर्कियो

काठमाण्डौ : सगरमाथाको उचाइ मापन गर्न गएको सरकारी टोली काठमाडौं फर्किएको छ । टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर आज काठमाडौं फर्किएको हो । सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भब्य स्वागत गर्दै बधाई ज्ञापन गर्नुभएको छ । सगरमाथाको सफल आरोहणको उपलक्ष्यमा मन्त्री अर्यालले टोलीका सबै सदस्यहरूलाई मिठाइ बाँडनुभएको थियो । गएको चैत २७ गते सगरमाथाको उचाइ नाप्नका निम्ती नापी विभागका प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो ।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार १६:२७