मेलबोर्नमा रोयल वेस्टर्न क्लबको नयाँ कार्यसमिति चयन, अध्यक्षमा बम योञ्जन

मेलबोर्न : अस्ट्रेलियाको मेलबोर्नमा अबस्थित रोयल वेस्टर्न क्लबले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ । कोबर्ग स्थित बिग बेल्ली रेस्टुरेन्टमा सम्पन्न उक्त सभाले दुइ बर्ष (२०१९-२०२१) कार्यकालका लागि सर्बसम्मत रुपमा बम योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सभामा प्रगति विवरण प्रस्तुत गर्दै क्लबका निबर्तमान सचिब दिपेन्द्र खड्काले क्लबले अहिले सम्म गर्दै आएका बिभिन्न कार्यक्रमहरुको फेहरिस्त प्रस्तुत र क्लबका निबर्तमान कोषाध्यक्ष शंकर थापाले आर्थिक विवरण पेश गर्नु भएको थियो ।

सभाले दुवै विवरणहरु सर्बसम्मतीबाट पास गरेको थियो । क्लबले अहिले सम्म Vic Soccer Division 1 league champion को उपाधि लगायत बिभिन्न फुटबल प्रतियोगिता हरुमा सफलता हासिल गर्नुका साथै च्यारिटी इभेन्ट, New Year Dhamaka , होली पर्व, तीज कार्यक्रम लगाएत मेलबोर्न कमुनिटी वेस्ट सस्था संग्ग सहकार्य गर्दै बिभिन्न कार्यक्रमहरु सफल रुपमा संचालन गरिसकेको छ र मेलबोर्नमा एउटा प्रतिष्ठित क्लबको रुपमा आफुलाई उभ्याउन सफल भइसकेको छ । क्लबका खेलाडी अमित थापाले यस बर्षको VIC SOCCER PLAYER OF THE YEAR 2019, NEPCITY FUTSAL Best Player/High Scorer, बिजिल प्रजापतिले PLAYER OF THE YEAR RUNNER UP 2019 को अवार्ड जित्न सफल भएका थिए । उक्त अवार्ड पाउने अमित थापा नेपाली मध्ये पहिलो हुन ।

बम योञ्जनको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा उपाध्यक्ष रोशन दाहाल , सचिव सुशील चालिसे, सह-सचिब उज्ज्वल अधिकारी, कोषाध्यक्ष ससेंद्र गौतम, कार्य समिति सदस्यहरुमा दिपेन्द्र खड्का, विजय खड्का, शंकर थापा, गान्धी प्रसाद भट्टराई, राजु श्रेष्ठ, सुबास पाण्डे, सुमन बस्नेत, हरि पण्डित, सरोज कोइराला, सुसन खतिवडा रहनु भएको छ । सर्बसम्मतबाट क्लबले सलाहकारमा जोग लिम्बु, सुनिल भण्डारी र रोशनी श्रेष्ठ ज्युलाई चयन गरेको छ र अन्य सल्लाहकारहरु र कार्यसमिति सदस्यहरु आगामी दिनमा आवस्यकताका आधारमा अब बस्ने नयाँ कार्यसमितिको बैठकबाट मनोनीत गरिने जानकारी बर्तमान सचिब सुशील चालिसेले बताउनु भएको थियो ।

नब गठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई क्लबका सल्लाकार जोग लिम्बुले सपथ ग्रहण गराउनुका साथै बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । सर्बसम्मत चयन भएका अध्यक्ष बम योञ्जनले आगामी दिनहरुमा क्लबले अझै धेरै खेलहरुका साथै खेलाडीहरुको क्षमता बढाउनका लागि बिभिन्न तालिमहरु संचालन गर्ने, महिला तथा बाल-बालिकाहरुको टिम तयार पार्ने, सामाजिक गतिबिधिहरु गर्दै सबैलाई खेलका माध्यम बाट समेट्दै लगिने प्रयास रहने छ भन्नु भएको थियो ।


प्रकाशित | २८ मंसिर २०७६, शनिबार १७:०९