नरेन्द्र मोदीको पार्टी सन् २०१४ को रेकर्ड तोड्दै

दिल्ली: भारतमा भएको आम निर्वाचन अन्तर्गत जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार सत्तारुढ भारतीय जनता पार्टी भाजपा २ सय ८१ सिटमा अगाडि देखिएको छ । यो परिणामअनुसार अघिल्लो निर्वाचनमा भन्दा धेरै सिट जित्ने देखिएको छ । पछिल्लो नतिजाअनुसार भाजपा २ सय ८१ सिटमा अगाडि छ भने भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स एनडीए गठबन्धनले ३ सय २९ सिटमा अग्रता लिएको छ ।

त्यस्तै, भारतीय कांग्रेसले ६३ सिटमा अग्रता लिएको छ भने कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स यूपीएको गठबन्धनले कुल १ सय ५ सिटमा अग्रता लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  यसअनुसार भारतमा सरकार गठन गर्न आवश्यक २ सय ७२ सिट बीजेपी एक्लैले पाउने र सरकार बनाउनका लागि बीजेपीलाई एनडीए गठबन्धनको कुनै सहयोग नचाहिने प्रारम्भिक संकेतहरु देखिएको छ । यसअघि अघिल्लो निर्वाचनमा बीजेपीले २ सय ६७ सिट जितेको थियो । पछिल्लो निर्वाचन परिणाम अनुसार बीजेपीले सन् २०१४ को भन्दा धेरै सिट जित्ने संकेत देखिएको हो ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार ११:४९