सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट आयुक्तमा कृष्मा थोकर नियुक्त

भक्तपुर : सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट आयुक्तमा कृष्मा थोकर नियुक्त हुनु भएको छ । सूर्यविनायक स्थानीय स्काउट परिषद् सदस्य निर्वाचीत थोकरलाई नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले शुक्रबार आयुक्तमा नियुक्त गर्नु भएको हो ।

नियम अनुसार स्थानीय परिषद् सदस्यमध्येबाट एक जनालाई नगरपालिकाका नगर प्रमुखले आयुक्त अर्थात संयोजक नियुक्त गर्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख थापाले सुर्वेणेश्र्वर आधारभूत विद्यालयको नयाँ प्रधानाध्यापकको जिम्मेवारी समेत लिनु भएको थोकरलाई आयुक्तमा नियुक्त गर्नु भएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकामा पछिल्लो समय स्काउट सक्रिय बन्दै गएको बताउनुहुँदै त्यसलाई अझ बढी ब्यापक र चलायमान बनाउन युवामध्येबाट छनौट गरिएको बताउनुभयो ।

मेयर थापाले आगामी दिनमा स्काउटका गतिविधीलाई अगाडि बढाउन जुनसुकै सहयोग गर्न पनि तयार रहेको भन्दै नवनियुक्त आयुक्त थोकरसहित नयाँ टिमलाई बधाई तथा शुभकामना दिनुभयो ।


नगरपालिकामा आयोजित कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्य, नगर प्रवक्ता तथा सामाजीक विकास समितिका संयोजक रविन्द्र सापकोटा, नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख रत्न बहादुर कटुवाल, वडा नंं २ का वडाध्यक्ष प्रदिप कार्की, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्रीलगायत सहभागि हुनुहुन्थ्यो ।

यसअघि सूर्यविनायकको स्थानीय स्काउट परिषद् सदस्यहरुमा राजाराम बासी, जीवन सुवाल, योगेश हाडा, मिलन कायस्थ, अनील कस्पाल, अनु खोतेजा राजेश्वरी शिल्पकार, खरा कुमारी थापामगर, बिन्द्रा गोसाई र चन्द्रकान्ता प्रजापति निर्वाचीत हुनु भएको थियो ।


प्रकाशित | ४ फाल्गुन २०८०, शुक्रबार १९:५४