आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं : आज छापावाल सुनको भाउ घटेर तोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भएको थियो ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १०:५६