‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णयको प्रतिवाद गर्न आव्हान

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको प्रतिवाद गर्न आह्वान गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले आज सामाजिक सन्जाल ट्वीटरमा स्टाटस लेख्दै सरकारको निर्णयले दालमा केही कालो भएको संकेत गरेको उल्लेख गर्दै प्रतिवाद गर्न आग्रह समेत गर्नुभएको छ ।

No description available.

संयुक्त राष्ट्र संघमा देश÷राज्यका नाम उनीहरूको संविधान÷राज्यप्रणाली अनुरूप हुने आम प्रचलन भएको भन्दै भट्टराईले सोही अनुसार नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ राखिएको उल्लेख गर्नुभएको छ ।


प्रकाशित | २१ कार्तिक २०७७, शुक्रबार १४:३७