सगरमाथा सफाइ अभियानबाट संकलन गरि ४ हजार किलो फोहोर काठमाडौं ल्याइयो

काठमाण्डौ : वैशाख १ गतेदेखि लुक्लाबाट खुम्बु पासाङ ल्हामू गाउँपालिकाको नेतृत्वमा सुरु भएको सफाइ अभियानबाट ४ हजार किलो फोहोर संकलन भएको छ । उक्त फोहोर काठमाण्डौ ल्याइएको छ । काठमाण्डौ ल्याइएको मध्ये १ हजार किलो फोहोर व्यवस्थापनका लागि ब्लू ओष्ट टु भ्यालु संस्थालाई दिइएको छ । ३ हजार केजी फोहोर त्रिभुवन विमानस्थमा रहेको नेपाली सेनाको १४ नम्बर वाहिनीमा राखिएको छ । सफाइ टोली अहिले सफाइ गर्दै सगरमाथा बेसक्याम्प, क्याम्प १, क्याम्प २, क्याम्प ३ र क्याम्प ४ हुँदै साउथपोलसम्म पुगेको छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १९:२०