नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जित्यो भारतीय महिला लिग फुटबलको उपाधि

काठमाडौं: भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार भएको फाइनलमा मनिपुर पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेथु च्याम्पियन बनेको हो । गुरु नानक स्टेडियममा सावित्रा चम्किदा सेथुले पुनरागमन जित निकालेको हो । सेथुको जितमा सावित्राले दुई गोल गरिन् । मनिपुरकी उमापति देवीले आत्मघाती गोल गर्दा राधारानी देवीले एक गोल फर्काइन् ।

खेलको ४४ औं मिनेटमा राधारानीको गोलबाट मनिपुरले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा सेथु फर्कियो । ५६ औं उमापतिको आत्मघाती गोलबाट सेथुले खेल १-१ को बराबरी गरेको थियो । त्यसपछि सावित्राले लगातार दुई गोल गरिन् । खेलको ६१ औं मिनेटमा सावित्राले गोल गर्दै सेथुलाई २(१ को अग्रता दिलाईन् । त्यसपछि ७० औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै सेथुलाई च्याम्पियन बनाईन् ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार १९:२७