काठमाण्डौको तापक्रम यो वर्षकै उच्च

काठमाण्डौ: काठमाण्डौको तापक्रम मंगलबार यो वर्षकै उच्च मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि गएको वैशाख १९ गते ३२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै, यसअघि २०४६ साल वैशाख २५ गते काठमाण्डौको तापक्रम अहिलेसम्म कै धेरै ३६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

अज भने धेरै ठाउँको मौसम बदली भई मेघगर्जन र हुरीबताससहित पानी परेपछि तापक्रम केही घट्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको असरले अहिले सफा रहेको ठाउँको मौसम पनि बुधबार बदली भई देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको हो ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार ०७:४८