जर्मनबासी नेपाली समुदायमा एनआरएनए जर्मनी अध्यक्ष हरि न्यौपानेको यस्तो अपिल

हरि न्यौपाने , अध्यक्ष -गैरआवसीय नेपाली सङ्घ केन्द्रीय समन्वय परिषद, जर्मनी

आदरणीय जर्मनी लगायत विश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु

नमस्कार !

विशेषगरी हामी गैरआवासीय नेपालीहरूआजका दिन सम्म निकै असहज परिस्थितिको मात्र नभएर विकराल परिस्थितिको सामना गर्दैमा तल्लीन छौं। हामीलाई थाहा छैन, भोलि के हुने हो भनेर! तर एउटा कुराचाहिँ स्पष्ट छ की ,प्रत्येकले आफ्नो कर्तव्य र आफ्नो आत्मबिश्वासलाई आत्मसाथ गर्दै अदम्य साहस छातिमा राखेर सामुन्ने आइरहेको कोरोना माहामारीसंग सामना गर्न एकजुट भएर लाग्नु आवश्यक छ।
यो विश्वको विनास पृथ्वीको उथलपुथल वा परमाणु अस्त्रको युद्धबाट हुनेछ भन्ने सुनेको थियौ तर अहिले सबै मिथ्या भएको छ। आपत विपतमा आफ्नोले आफ्नालाई सम्झिने गरिदो रहेछ, आफ्नै नातागोता इष्टमित्र बाहेक सम्पूर्ण नेपालीहरूको चिन्ता स्वतःनेपालीहरुमा व्याप्तछ। चिन्ता, चिता समान हुन्छ भन्ने उक्तिलाई सम्झदै हामी सबै आत्मबल दरो बनाएर बाँच्ने अठोट गरौं भन्न चाहान्छु।
आजको यो सन्त्रासपूर्ण वातावरणमा संसारमा घट्दै गएका घटनाका विवरण सहितको जानकारीहरु विभिन्न माध्यमबाट क्षण क्षणमै सूचना स्वरूप प्राप्त भइरहेका छन् साथै त्यसको अध्ययन मनन पनि गरिरहेका छौ र गर्नु पनि पर्दछ।
NRNA झैं सेवाभावले खुलेका हरेक संघसंस्थाहरु र त्यसको विभिन्न जिम्मेवारीमा रहेका सम्पूर्ण सामाजिक अभियान्ताहरु, अग्रजहरु यो प्रतिकूल अवस्थामा पनि अत्यन्त जागरुक भै दत्तचित्त भई ठूलो मनले आवश्यक भूमिका निभाउँदै गरिएको समाचारहरु पड्न पाउँदा गौरव लागेको छ। यसको लागि वहाँहरुप्रति यही वालबाट नमन गर्न चाहन्छु।

यसै सिलसिलामा गैरआवासीय नेपाली सङ्घ जर्मनीका हरेक मातहतमा रही विभिन्न जिम्मेवारी निर्वाह गर्नुहुने हाम्रा सम्पूर्ण सहयात्री साथीहरुलाई यो जटिल परिस्थितिमा “नेपालीका लागि नेपाली” भन्ने नारा चरितार्थ गर्न एकजुट भै आफुले सकेको जिम्मेवारी निर्वाह गर्न हार्दिक अनुरोध गर्दछु। आ-आफ्नो क्षेत्रमा र सम्पर्कमा रहनुहुने नेपालीहरुका समस्याहरु, त्यसमा पनि भाषाका समस्या, बसाई को समस्या अर्थात वैधानिकताको समस्या (without Visa), खाना अर्थात् दैनिक उपभोग्य वस्तुको वा सामाग्रीको समस्याको खोजी गर्दै तत्काललसई यस्ता बिषयहरुको निराकरणार्थ अपनाउन सकिने उपायहरुका लागि सामुहिक रुपमा सम्पर्कआउन बिनम्र अनुरोध गर्दछु।

समस्याका सिकार हुने सक्ने सम्भावनाका ठाउँहरुमा
तल उल्लेखित ठाउँमा हामीले विशेष सहयोग गर्नुपर्ने धारणा यहाँहरु समक्ष्य राख्न चाहन्छु!
(गलत अर्थ नलागेमा सुझावको अपेक्षा गरेको छु!)

१.ओभर स्टे बस्नेहरुको सम्बन्धमा !
२. सिमित आम्दानीमा पठनपाठन गर्दै रहेका विद्यार्थीहरु र दैनिक ज्यालामा जीवन यापन गर्ने हरुको सम्बन्ध मा !
३. भाषागत रुपमा निपुर्णता नहुनेहरुको सम्बन्धमा !
४. बसाइको क्रममा आफ्नो origin id बिना बसोबास गर्नेहरू जो नेपाली दूतावासको सम्पर्कमा जान नसकेको स्थिति रहेकाहरुको सम्बन्धमा!

समाधानार्थ उपायको लागि अपनाइने विधिहरू यस्तो पनि हुँदो हो कि!

१. आ-आफ्नो क्षेत्रमा रहेका नेपालीहरुको बसोबास मा रहेका हरुको नामावली संकलन गरीनेछ , बिशेष त over sty मा बस्नेहरुको गोपनियता ख्याल गरिने छ।
२. विद्यार्थीहरूको विचमा भएका प्रतिनिधि मार्फत सहयोगको आवश्यकता पर्नेहरुको विवरण निकाल्नु पर्ने हुन्छ।
३. आवश्यक कागजी प्रक्रियाका सवालमा र स्वास्थ्यसम्बन्धी व्याख्या विश्लेषण गर्न असमर्थ हुनेहरुको लागि नजिकबाट पहल गर्ने अर्थात interpreter को आफूलाई तयार रहेको कुरा जानकारी दिनु पर्ने हुन्छ!
४. चौथो नम्बरमा रहेको बुदा अनुसार आवश्यक डकुमेन्ट्को पहल गरिदिदै सहजकर्ताको भुमिकामा रहने!
५. आ-आफ्नो स्थानियहरुको लागि टेलिफोन, भाइबर, मेसेन्जर जस्तो सामाजिक संजालमा जोडिनेगरी सम्पर्कमा रहनु पर्ने हुन्छ।
६. खाद्य पदार्थको लागि किनमेलमा जान नसकेको वा आवश्यक बस्तुहरु किनमेल को क्रममा नपाइएको स्थितिमा कसरी ढुवानी वा उपलब्ध गराउने व्यवस्था को लागि पहल गरिने छ!

अन्तमा, विद्यार्थी भाइबहिनीहरू वा र अन्य महानुभावहरुलाई स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको दोहोरो सम्पर्कमा आउन हार्दिक अपिल गर्दछु!

हुन त फेसबुकमा प्रोफाइल बनाउने अर्थात गतिलो नाम कमाउने धन्दा पनि चलेको छ तर यसबेला सबै कुराको सकारात्मक सोच र चिन्तनप्रति बिश्वास राख्दै हामी एक अर्का प्रति परिपूरक बनाउने अभियानमा जुटौं भन्न चाहन्छु!

इन्टरनेटको जमानामा आवश्यक पर्दा सबै ले सबैजनाको नालीबेली र सम्पर्क गर्न सकिने हुनेहुनाले मेरो सम्पर्क पनि सधैं खुल्ला किताब सरह रहेकोछ । तेसैगरी बिभिन्न ठाउँमा छरिएर रहनुहुने साथीहरूको सक्रियतामा हातमा हात, साथमा साथ दिएर आफ्नो भूमिका अनुसार आफ्नो कर्तव्य निभाई दिनुहुनेछ भन्ने बिस्वास एबंम भरोसा गर्दै मेरो यही प्रतिवद्धताका साथ बिदा हुन चाहन्छु धन्यवाद!


प्रकाशित | ६ चैत्र २०७६, बिहीबार १२:०६