वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्न सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रिय सभामा रहेको रिक्त एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराउनुभएको हो ।

राष्ट्रियसभामा सरकारले मनोनित गरेको कोटामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको दुई वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो। सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्थाअनुसार खतिवडा आगामी शनिबारसम्म मात्र मन्त्री हुन पाउने र त्यो अवधिमा संघीय संसदको सदस्य नभएमा स्वत पदमुक्त हुने व्यवस्था छ।


प्रकाशित | १८ भाद्र २०७७, बिहीबार १८:१०