श्रमिकका गुनासो सिधै मन्त्रीसम्म पुग्ने गरि अनलाइन सुझाव प्रणालीको स्थापना

गोपाल संग्रौला /काठमाडौं

विदेशमा कार्यरत लाखौ नेपाली श्रमिकको गुनासो सम्बोधन हुन महिनौं लागिरहेका बेला अब श्रममन्त्रीले नै सोभैm गुनासो सुनुवाई गर्नेगरी व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा ठगिका पीडित, विदेशमा अलपत्र बिरामी, मृत्यु र झुटा मुद्दामा जेल परेका नेपाली श्रमिकले तत्काल सम्बोधन गर्न श्रम मन्त्रीलाई सोभैm गुनासोसमेत गर्न सक्नेछन् ।

विदेशमा कार्यरत नेपाली गुनासो तत्काल सम्बोधन भए–नभएको निगरानीसमेत मन्त्रीले गर्नसक्ने गरी सुनुवाई कक्षको स्थापना गएिको हो । सोमबारबाट श्रम मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरको सुरुवातसँगै स्वदेश तथा विदेशबाट श्रमिकले गरेका गुनासो मन्त्री, सचिव तथा मातहतका विभागका प्रमुखको फोनमा जानेगरी अनलाइन सुझाव प्रणालीको स्थापना गरिएको हो । वैदेशिक रोजगारीका क्रममा न्यायको खोजीमा रहेका, विदेशमा विभिन्न कारणले अलपत्र परेका वा स्वास्थ्य समस्याबाट पीडित भइ घर फर्कन नसकेका युवालाई लक्षित गरी सेवा सञ्चालन गरिएको हो ।

विविध कारणले विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्या परेकाहरू, झुटा मुद्दामा परी जेल सजाय भोगिरहेका कामदारलाई निशुल्क कानुनी सहायताको आवश्यकता रहेकाहरू कामदारहरूले अब सोझै कल सेन्टरमा सम्पर्क गरी सहायताका लागि अनुरोध गर्न सक्नेछन् ।

श्रममन्त्री विष्टले विदेशको जेलमा रहेका, उपचारको अभावमा रहेका र आपत बिपतमा परी तत्काल उद्दार गर्नुपर्ने श्रमिकले फोनसहित सामाजिक सञ्चार नेटवर्कमार्पmत गुनासो सुन्ने व्यवस्थासहित प्रणाली विकास गरिएको बताउनुभयो । मन्त्रालयले विदेशबाट आएका गुनासो कल सेन्टरमा आउने क्रमसँगसँगै सुनुवाई गर्ने निकाय मन्त्रालय, रोजगार प्रबद्र्धन बोर्ड र वैदेशिक रोजगार विभागका प्रमुख तथा गुनासो सुनुवाई कक्षमा जाने छ ।

स्वदेश तथा विदेशबाट आएका गुनासो तथा सुझावलाई तत्काल कार्यान्वयन गरे नगरेको अनलाइनमार्पmत नै मन्त्री तथा अन्य सरोकारवाला कार्यालयले समेत हेर्न मिल्ने गरी प्रणालीको विकास गरिएको छ । तत्कालै उद्दार गर्नुपर्ने गरी विदेशमा आपत विपतमा परेका नेपालीको गुनासो तत्काल सम्बोधन गर्न श्रममन्त्री, सचिव र सम्बन्धित विभागका महानिर्देशकलाई स्वतः अलर्ट जाने गरी फोन, सामाजिक सञ्चार नेटवर्कको विकास गरिएको छ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको कल सेन्टरको प्रमुख उद्देश्य श्रम सम्बन्ध, आन्तरिक तथा वैदशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाहरूका समस्या, जिज्ञासा, गुनासा र सुझावहरूलाई प्रत्यक्ष संकलन र सम्बोधन गर्नु रहेको श्रम सचिव महेशप्रसाद दहालले जानकारी दिनुभयो ।

कल सेन्टरको सञ्चालनबाट मन्त्रालय र यस अन्तर्गतका निकायहरूको कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह हुने तथा सेवाग्राहीका समस्याको शीघ्र सम्वोधन हुने मन्त्रालयले जनाएको छ ।

यसैगरी, कल सेन्टरमार्पmत् वैदेशिक रोजगारसँग सम्बन्धित पूर्वप्रस्थान अभिमुखीकरण कार्यक्रम, सीप विकास तालिम, वैदेशिक रोजगारीमा सुरक्षित रूपमा जान अपनाउनुपर्ने प्रक्रियाहरू, यस क्षेत्रमा आवद्ध सरकारबाट स्वीकृतिप्राप्त निजी संघ संस्थाहरूबारे समेत यस कल सेन्टरबाट आधिकारिक जानकारी प्राप्त गर्न सकिने जनाइएको छ । यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने प्रक्रियाहरू र यस सम्बन्धमा भोग्नु परेका समस्याहरूबारे तथा प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सम्बन्धित जिज्ञासा एवं समस्याहरूको बारेमा समेत सेवाग्राहीले सिधै फोन सम्पर्क गरी गुनासो गर्न वा जानकारी हासिल गर्न सक्नेछन् ।

यसरी गुनासो गर्न, सुझाव दिन वा जानकारी लिन चाहने सेवाग्राहीहरूले स्वदेशबाट भए कल सेन्टरको सम्पर्क नम्बर ११४१ वा १६६००१५०००५ मा तथा विदेशबाट भए ईमेल, फेसबुक, मेसेन्जर, ईमो, भाइवर आदि जस्ता अनलाईन नेटवर्क मार्फत् निशुल्करूपमा कल सेन्टरको सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

हाल केही समयका लागि यो सेवा परीक्षणको रूपमा सञ्चालन गर्ने सिलसिलामा नेपाल टेलिकमको सेवा प्रयोगकर्ताहरूका लागि निशुल्क भएको भए पनि छिट्टै एनसेलको सेवा प्रयोगकर्ताहरूका लागि समेत निशुल्क हुनेगरी व्यवस्था मिलाइने छ । कल सेन्टरको सेवा हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म उपलब्ध हुनेछ भने सेवाग्राहीहरूको संख्या र मागलाई ध्यानमा राखी भविष्यमा यो सेवालाई आवश्यकताअनुसार चौविसै घण्टा र निशुल्क गराउने मन्त्रालयले जनाएको छ ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार ०९:३४